
काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको हो ।
विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । यद्यपी, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्