
काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अहिलेसम्म ३६ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।
उहाँले शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।
खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्