
काठमाडौं । पोखरा विमान दुर्घटनामा नेपालसहित ८ देशका नागरिक परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको राष्ट्रियता पहिचान गरेकाे हाे ।
जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अहिलेसम्म ३६ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ।
उहाँले शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।
जहाजमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस्