
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
कम्पनीको ९ एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको हाे ।
यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ ।
यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनु भयाे। उनीहरूको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्