२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


यति एयरलाइन्सका सबै उडान आज स्थगित


1.092k
Shares

काठमाडौं । यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ ।

आइतबार पोखरामा यति एयरलाइन्सकाे विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान नगर्ने जनाएको हो । विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य साेमबार बिहानदेखि नै सुरु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सोमबार बिहानदेखि उद्धार कार्य गरिने भएकाे छ । आइतबार दिनभरमा पनि उद्धार कार्य सकिएको थिएन भने रात परेपछि उद्धार तथा खोजी कार्य रोकिएको थियो ।

विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सहित कुल ७२ जना सवार थिए । जस मध्ये ६८ जनाकाे शव फेला परेको छ । ४ जना भने अझै वेपत्ता रहेका छन् ।