
काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाका मृतकको शव सोमबार परिवारनलाई बुझाउने तयारी गरिएको छ ।
पोखरा र आसपासका जिल्लाका मृतकका आफन्तलाई पोखरा विमानस्थलमा बाेलाइएकाे जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएकाे हाे । विमानस्थलबाट नै शव पहिचान गरेर मृतकका परिवारनलाई बुझाउने तयारी भइरहेको छ ।
काठमाडौं र विदेशीका शव भने काठमाडौं पठाइने भएको छ । विमानमा रहेका चालक दलसहित ७२ जना मध्ये अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । ४ जना अझै वेपत्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्