१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेशमा सभामुख पदको मतदान स्थगित


143
Shares

काठमाडाैं । मधेश प्रदेश सभाको साेमबार बस्ने बैठक र सभामुख पदकाे चयनका लागि मतदान कार्य समेत स्थगित भएको छ ।

सरकारले पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरेकाले बैठक र सभामुख पदकाे मतदान कार्य स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हाे । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको छ ।

साेमबारको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका रहेकाे थियो । अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको सचिवालयले जनाएकाे छ ।