
काठमाडाैं । बागमती प्रदेशसको उपसभामुख पदकको निर्वाचन साेमबार हुने भएको छ ।
उपसभामुख पदकको निर्वाचन साेमबार दिउँसो ३ बजे हुने भएकाे हाे । देशभर शोक बिदा भएपनि उपसभामुखको निर्वाचनकाे कार्यक्रम स्थगित नहुने बागमती प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने साेमबार अन्तिम दिन हो। बागमती प्रदेश सभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो । प्रदेश सभामा उसभामुख पदमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाई, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्