२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी थापा निर्वाचित


169
Shares

पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित हुनुभएकाे छ ।

थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएकाे छ।

उनको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद १ जनाले मत दिएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखमा नेपाली कांग्रेसबाट पार्वती गुरुङले पनि उम्मेदवारी दिनुभएकाे थियाे ।

उपसभामुख निर्वाचित थापा बागलुङकी हुनुहुन्छ । उनी समानुपातिक कोटाबाट प्रदेश सदस्य निर्वाचित हुनुभएकाे छ । त्यस्तै, लमजुङकी पार्वती नेपाली कांग्रेसबाट समानुपातिक सदस्य बन्नुभएकाे हाे ।