१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा खुकुरी प्रहार गरी हत्या


1.339k
Shares

तनहुँ । तनहुँमा सोमबार दिउँसो खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

भानु नगरपालिका–६ टुहुरेपसलमा ४९ बर्षीय सन्त बहादुर गुरुङ्गकाे खुकुरी प्रहार गरी हत्या गरिएको हो ।

व्यास नगरपालिका–८ रिस्तीका २४ वर्षीय आशिष परियारले गुरुङ्गको घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे ।

डुम्रे–चन्द्रावती भित्री सडक खण्डमा उक्त घट्ना भएको हो । प्रहरीले परियारलाई हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घट्ना के कसरी भएकाे हो त्यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।