
काठमाडौं । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।
गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नु भएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात प्रस्तावको सुचना बुधबार माघ ४ गतेका लागि कार्यक्रम राखिएको छ । यस्तै, सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ ।
सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ ।
सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधि सभाले उपसभामुखको निर्वाचन मिति तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस्