३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


एमालेले टुंग्यायो मन्त्रीहरुको नाम


1.391k
Shares

काठमाडौं । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् ।

मंगलबार नियुक्त हुने मन्त्रीहरूमा डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेको एमाले स्रोतले जनाएको छ । यस्तै, राज्यमन्त्रीमा किरण साह र राजकुमार गुप्ता रहेका छन् ।

यसअघि एमालेबाट मन्त्री बनेका राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले मन्त्रालय पाउन सकेका छैनन् । मंगलबार उनीहरूको जिम्मेवारी समेत तोकिने छ ।

स्रोतका अनुसार एमालेले अर्थसहित परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।