३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ऐश्वर्या रायलाई कर तिर्न अदालतको पत्राचार


1.95k
Shares

एजेन्सी । भारतीय अभिनेत्री एवं पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चनलाई अदालतले कर तिर्न पत्राचार गरेको छ ।

ऐश्वर्या अभिनेता अमिताभ बच्चनकी बुहारी तथा अभिनेता अभिषेक बच्चनकी पत्नी हुन् । ऐश्वर्या समय समयमा व्यक्तिगत कामका कारण चर्चामा आउने गर्छिन् । तर, अहिले उनी अदालतको पत्राचारलाई लिएर चर्चामा आएकि छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्यालाई कर नतिरेको भन्दै अदालतले पत्राचार गरेको छ । ऐश्वर्याले आफ्नो जग्गाको कर तिर्न बाँकी रहेको भन्दै भारतको नासिक स्थित अदालतले पत्राचार गरेको हो ।

ऐश्वर्यालाई नासिकका तस्लीदारले कर तिर्न भन्दै पत्र पठाएको समाचारमा उल्लेख गरिएको छ ।