
काठमाडौं । अभिनेता सविन श्रेष्ठले आफ्नो पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटर लेख्दै सो कुरा उल्लेख गरेका हुन् । पछिल्लो समय फिल्मबाट भन्दापनि व्यक्तिगत जीवनका कारण बेलाबेलामा चर्चामा आइरहने श्रेष्ठले चलचित्र कलाकार संघको आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । यससँगै उनले आफूले अभिनयबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने घोषणा गरेका हुन्।
श्रेष्ठले माघ १ गतेबाट आफूले कुनै पनि चलचित्र, ,म्युजिक भिडियो ,बिज्ञापन तथा यसै क्षेत्रमा सम्बन्धित रहेर गरेको काममार्फत पाएको पारिश्रमिकबाट १० प्रतिशत नेपाल चलचित्र कलाकार संघमा दिने बताएका हुन् । आफूले पाउने पारिश्रमिकबाट कर कटाएर मात्र आफूलाई दिन समेत उनले आग्रह गरेका छन् ।
श्रेष्ठले आजका दिनसम्ममा आफूले पाएको माया, सम्मान र इज्जतको श्रेय नेपाली चलचित्र क्षेत्रलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्