१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा


234
Shares

काठमाडौं । चलचित्र ‘सरी मम’ विभिन्न अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा आउने भएकाे छ ।

चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो ।

चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफरहरू राखेका हुन् । चलचित्र भोलि बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ ।

चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको बताइएको छ ।

अर्का अफर चाहिँ चलचित्रको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।

एनएफआई क्रियशनको ब्यानरबाट बनेको चलचित्रका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । 

लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।