२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेसको पदाधिकारी बैठक सुरु, सभामुखमा उम्मेदवारीबारे निर्णय गर्ने


117
Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेकि नदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार सुरु भएको बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् ।

मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने ती नेताले बताए ।

प्रतिनिधि सभाको सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ । सत्ता गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।