
एजेन्सी । विश्वकै सबैभन्दा बढी उमेरकी महिला दाबी गरिएकी फ्रेञ्च नागरिक ल्युसिल रैडनको ११२ वर्षको उमेरमा निधन भएको छ ।
फ्रान्सको टुलान शहरको आफ्नै निवासमा उनको निधन भएको हो । उनको जन्म सन् १९०४ मा भएको थियो ।
१९ वर्षको उमेरमा उनी उपासिका बनेकी थिईन भने उनी सिस्टर आँद्रेको नामले परिचित थिइन् ।
गत वर्ष ११९ वर्षका सबैभन्दा बढी उमेरका पुरूष जापानका केन तनाकाको निधन भएको थियो ।
तनाकाको निधनपछि रैडन विश्वका सबैभन्दा ज्येष्ठ नागरिक दाबी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्