१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ


182
Shares

काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उहाँहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मण्डल र ईशर मंगलबार मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित हुनु भएको थियो ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डलको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

यसैगरी, जनमत पार्टीकी उम्मेदवार बबिता कुमारी राउत ईशरलाई उपसभामुखमा ७२ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो ।

उपसभामुखको निर्वाचन प्रक्रियामा १ सय १ सांसदले सहभागिता जनाएका थिए ।