
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ ।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्