
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने बारे छलफल गरिरहेकाे छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने बारे छलफल गरिरहेकाे हाे ।
स्राेतका अनुसार अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको र उक्त बैठकले औपचारिक रुपमा निर्णय गरेर नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्