१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर छलीको आरोप लागेकी पत्रकार मारिया रेसालाई अदालतले दियो सफाई


338
Shares

एजेन्सी । फिलिपिन्सको एक अदालतले पत्रकार मारिया रेसा र उनको समाचार संस्था र्‍यापलरलाई कर छलीको आरोपमा सफाइ दिएको छ ।

उनलाई यसरी अदालतले निर्दाेष ठहर गरेकोमा यसलाई विश्वभर प्रेस स्वतन्त्रताको जीतको रूपमा स्वागत गरिएको छ । मारियालाई विदेशी लगानीकर्तासँग मिलेर कर छली गरेको र मिडियामा विदेशी लगानी भित्र्याएको आरोपमा सन् २०१८ देखि छानविन गरिएको थियो ।

फिलिपिन्सका पूर्व राष्ट्रपनि रोड्रिगो डुटेर्तेको सरकारले मारियालाई विदेशी लगानीकर्ताहरूसँगको साझेदारी मार्फत पूँजी जुटाउँदा कर छली गरेको आरोप लगाएको थियो। तर मारिया र समाचार संस्था र्यापलरले त्यो आरोप अस्वीकार गर्दै आएका छन् । आरोप प्रमाणित भएको भए उनी ३४ वर्ष जेलमा बस्नु पर्ने हुनसक्थ्यो । मारियाले सन् २०२१ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।

अदालतको निर्णयलाई उनले न्यायको जित भएको प्रतिक्रया दिएकी छिन् । उनले भनेकी छिन् –“यो त्यो दिन हो जुन हामीले चाँडै हुनेछ भन्ने आशा गरेका थियौं । ”

र्‍यापलर पूर्व राष्ट्रपति डुटेर्टे र उनको नीतिहरूको खुलेर आलोचना गर्ने केही फिलिपिन्स मिडिया संगठनहरू मध्ये एक थियो ।