
काठमाडौं । झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन् ।
बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । सो कुराको जानकारी झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन् ।
चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् । माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्र जनकपुर र मनाङ आसपासमा छायांकन हुने बताइएको छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्