२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तनहुँ महोत्सवमा डेढ करोडको कारोबार


65
Shares

तनहुँ । आदिवासी जनजाति तनहुँ महोत्सवमा एक करोड ५० लाखको आर्थिक कारोबार भएको छ ।

दमौलीमा पुस २२ गतेदेखि सुरु भएको महोत्सवमा एक लाख एक हजार दर्शक सहभागी भएको र एक करोड ५० लाखको कारोबार भएको आयोजकले बताएका हुन ।

महोत्सवमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटी इलेक्ट्रिकल्स, बैक तथा वित्तिय संस्था, स्थानीय उत्पादनहरु राखिएका थिए ।

महोत्सवको बुधबार समापन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनलाई सहयोग पुग्ने बताउनुभयो ।