१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन घिमिरेलाई सभामुखमा निर्वाचित गर्नुपर्छ : हितराज पाण्डे


325
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक्त भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि पटकपटक दोहो¥याउनुभयो ।

प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकतावद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दाबी समेत गर्नुभयो ।