१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला


520
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उहाँले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो ।

सांसद ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनुभयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताउनुभयो ।

राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने उम्मेदवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताउनुभयो ।