
काठमाडाैं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनुभयो । उहाँले संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनुभयो ।
उहाँले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताउनुभयो । उहाँले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबै भन्दा योग्य पात्र भएको पनि बताउनुभयो । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान र कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताउनु भयो ।
सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताउनुभयो । जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्