
काठमाडाैं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो ।
साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिनुभयो ।
आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।
उहाँको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्