
एजेन्सी । नाटोले युक्रेनलाई ठूला हतियार दिए नयाँ तहको पूर्ण युद्ध सुरु गर्ने रुसले चेतावनी दिएको छ ।
नाटोले युक्रेनलाई ट्यांक र लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराए नयाँ तहको पूर्ण युद्ध हुनुका रुसले चेतावनी दिएकाे हाे । पूर्ण युद्ध खतरनाक हुने चेतावनी समेत रुसले दिएको हो । युक्रेनलाई थप शक्तिशाली हतियार दिने विषयमा पश्चिमा देशहरु छलफलमा जुट्न लागेका बेला रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले नयाँ तहको पूर्ण युद्ध खतरनाक हुने र त्यसले युरोप र सिंगो विश्वको सुरक्षामा चुनौती ल्याउने दावी गरेका छन् ।
अमेरिकाले जर्मनीको राम्स्तेनस्थित आफ्नो हवाई सैन्य आधारमा युक्रेनलाई थप हतियार उपलब्ध गराउने सन्दर्भमा गठबन्धन देशहरुसँग छलफल गर्न बैठक राख्ने भएकाे छ । अमेरिकी रक्षामन्त्री ललोइड अस्टिन सहभागी हुने बैठकबाट युक्रेनलाई थप शक्तिशाली हतियार दिने निर्णय हुनसक्ने अनुमान गरिएको छ ।
रुस पश्चिमा देशहरुबाट युक्रेनलाई थप शक्तिशाली हतियार प्राप्त नहो् भन्ने पक्षमा रहेको छ । जर्मनीले युक्रेनलाई ट्यांक उपलब्ध गराउनुपर्नेमा जोड दिंदै आएको छ । बेलायतले भने गत हप्ता नै च्यालेञ्जर टु ट्यांक दिने घोषणा गरिसकेको छ । उता अमेरिकास्थित रुसी राजदूत एनाटोली एन्टोनोभले रुसी सेनामाथि पश्चिमा हतियारबाट आक्रमण भए त्यसको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएक छन् ।
राजदूत एन्टोनोभले जोसुकै अघि बढे पनि ध्वस्त पार्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्