२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देशका अधिकांश हिमाली भू-भागमा हिमपात र वर्षा हुने


195
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको हुनेछ । त्यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली प्रदेश र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।