२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख घिमिरेले पद तथा गोपनियताको शपथ लिँदै


169
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

सभामुख घिमिरेले बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिनु हुने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

बिहीबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) का घिमिरेले १६७ मत ल्याएर निर्वाचित हुनु भएको थियो । घिमिरेको विपक्षमा उम्मेदवारी दिनु भएकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई १ सय मत प्राप्त भएको थियो । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।