
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ७ सय रूपैयाँले बढेर एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २० रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्