१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


अभिनेत्री शुभेच्छाले गरिन टीकाटालो


1.352k
Shares


काठमाडौं । अभिनेत्री शुभेच्छा खड्काले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् ।

काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा बिहिबार उनीहरुको टीकाटालो भएको हो । टीकाटालोमा दुबै पक्षबाट परिवारका सदस्य,आफन्त र केही कलाकारहरुको उपस्थिति रहेको थियो । शुभेच्छाले ‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । उनको अर्काे फिल्म फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ । शुभेच्छा मिस नेपाल इन्टरनेसनल २०१२’की विजेता समेत हुन् ।

बिहेको मिति भने खुलाइएको छैन । तर उनीहरु यसै वर्ष बिहेको तयारीमा रहेका पारिवारिक स्रनेतको भनाई छ ।