२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे


52
Shares

काठमाडौं । नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ ।

घिमिरेले बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुख घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गर्नु भएकाे हाे ।

पदभार ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे । नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुने उहाँकाे तर्क छ । जसको नेतृत्व गर्ने जिम्मेवारी आफूले पाएको उहाँकाे भनाइ छ ।