८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


संखुवासभामा तेस्रो मिनी खेलकुद महोत्सव सम्पन्न

महोत्सवको उपाधि धरानले जित्याे

1.248k
Shares

संखुवासभा । संखुवासभाको खराङ खाल्टेमा सम्पन्न तेस्रो मिनी खेलकुद महोत्सव २०७९ को उपाधि फोकस–१६ क्लब धरानले जितेको छ ।

शुक्रबार सम्पन्न भएकाे खेलमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटबल प्रतियोगितामा प्रथम स्थान धरानले प्राप्त गरेको हो । धरानले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेकाे हाे । त्यसैगरी मिर्मिरे युवा क्लब तामाफोकले दोस्रो स्थान जित्दै ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेकाे हाे ।

नवयुग युथ क्लब पोखरी र सिद्धार्थ समाज क्लब मोरङले सान्त्वना स्थान हात पार्दे ४४ हजार ४ सय ४४ रुपैयाँ हात पारेका छन् । किरण ज्योति युवा क्लबले आयोजना गरेको खेलमा आमन्त्रित महिला फुटबलमा डोकेनी क्लब माम्लीङ प्रथम, न्यु सयपत्री क्लब मुलगाउँ दोस्रो भएका छन् ।

झाँकीमा ज्योती पुञ्ज सामुदायिक संस्था सल्लेरी प्रथम, सेलो समूह चैनपुर काफल डाँडा दोस्रो भएका छन्।खेल महोत्सव ५ दिनसमम सञ्चालन भएको थियो । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद विदुर लिंथेपले पुरस्कार प्रदान गर्नुभयो ।