७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्वास्थ्यमन्त्रीद्वारा नेता पुनको अवस्थाबारे जानकारी


169
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । वंशाणुगत जन्डिस रोगका कारण पीडित हुनुभएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत हुनुहुन्छ ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।