११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहालले भने – कम्युनिस्टको एउटै केन्द्र आवश्यक छ


247
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनु भएकाे छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएकाे हाे।

भेटको क्रममा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको बताउनु भयाे ।