
एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर राखी सावन्त बेलाबेलामा बिभिन्न कारण चर्चामा आउने गर्छिन ।
यस पटक उनी आफ्नो विबाह र आमा बिरामी भएको अवस्थामा तनावमा रहेकै बेला पुलिस चौकी पुग्नु परेको छ । बिहिबार उनलाई भारतको मुम्बई स्थित अम्बोली प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको छ । भारतीय मोडल शार्लिन चोपडाले दिएको उजुरीले उनी पक्राउ परेकी हुन् । गत नोभेम्बर ९ मा शार्लिनले राखीले आफ्नो आपत्तिजनक भिडियो र तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेर बेइज्जत गरेको आरोप लगाएकी थिएन् । त्यही आरोपमा राखी पक्राउ परेकी हुन् । तर उनी प्रहरीले सोधपुछ गरेपछि प्रहरी चौकीबाट बाहिरिएकी थिईन । उनले सोधपुछमा प्रहरीलाई सहयोग समेत गरिन् । त्यसैले सोधपुछपछि प्रहरीले उनलाई घर जान अनुमति दिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार राखी प्रहरी चौकीबाट निस्कदै गर्दा समस्याको पहाडले थिचेको जस्तो अवस्थामा थिईन् । आफ्नी आमा बिरामी भएर अस्पताल भर्ना गरेको बेला उनी अनावश्यक रुपमा बलिउडको झगडामा फसेकी छिन् । प्रहरी चौकीबाट निस्किदै गर्दा उनी भारतीय संचारमाध्यमको घेरामा परिन् ।
संचारमाध्यमको अगाडि राखीले सबैलाई हात जोडेर अभिवादन गरिन्, त्यतिबेला उनले हिजाव लगाएकी थिइन् । उनले संचारमाध्यमसँग आफ्नो आमाको अवस्था नाजुक रहेको भन्दै सीधै अस्पताल जाने बताइन् । उनी शारीरिक रुपमा कमजोर देखिएकी थिइन् । उनको रक्तचाप घटेको थियो भने निरास मुद्रामा थिइन् । राखीका पति आदिल खान कठिन समयमा उनीसँगै देखा परेका थिए । राखीले केही दिन अघि मात्रै विबाह गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्