७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु


156
Shares

कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाका गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टरका सहचालक पुनर्वास नगरपालिका– १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसको इन्जिनमुनि च्यापिएका चौधरीको उद्धारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना घाइते भएका छन् । घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।