१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


साँझमा मुस्कुराएको काठमाडौं शहर (फोटो फिचर)


1.443k
Shares

काठमाडाैं । यति बेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार र व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेका छन् ।

बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ भएकाे हाे । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट भएकाे छ ।

मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र र न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेकाे देख्न सकिन्छ । अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत समेत बढीरहेको छ ।

बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिएका छन् । जसले गर्दा साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ ।

तस्बीर : न्यूज एजेन्सी नेपाल