
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका नेकपा एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।
शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित नेकपा एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभएकाे हाे ।
सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ति निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पुर्याउने हो भने पनि प्रश्न समेत गर्नुभएकाे हाे । उहाँले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गर्नुभयो ।
सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाट्ने र छल्ने काम नगर्न पनि सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्