७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तीर्थ गरी फर्किदै गरेको भारतीय बस दुर्घटना


221
Shares

काठमाडाैं । पश्चिम नवलपरासीमा भारतीय तीर्थ यात्रु चढेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

माघे औंशीको अवसरमा त्रिवेणीधाममा लागेको मेला भरी फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ ।

उक्त बसमा ६१ जना सवार रहेको प्रहरीले जनाएको छ । अधिकांश घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई परासीको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।