१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


प्रभु साहको प्रश्न : यति धेरै उपप्रधानमन्त्री के का लागि चाहियाे ?


91
Shares

काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले यस्ताे प्रश्न गर्नु भएकाे हाे ।

उहाँले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्न सुझाव समेत दिनुभयाे ।

भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्नेमा साहले जाेड दिनुभयाे ।

अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् ।