१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुर्खेतमा जीप दुर्घटना हुँदा चारको मृत्यु, एक घाइते


156
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भएको आइतबार बिहान साढे २ बजेतिर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रो खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा सुर्खेत नगरपालिका–७ का जीप चालक २७ वर्षीय सागर शाही, डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र विसी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु चारै जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको हो । घाइते एक जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

जीप सडकबाट ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।