१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै


741
Shares

एजेन्सी । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

१७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् । यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन । यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ ।

फिल्मको कथासँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो फिल्मको छायाङ्कन यसै वर्ष सुरु हुनेछ ।

अभिषेकले अहिलेसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान जस्ता धेरै सेलेब्सलाई लञ्च गरिसकेका छन् । यस्तो अवस्थामा राशा र अमनको सुरुवात निकै बलियो हुने अनुमान गरिएको छ ।