
काठमाडाैं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) काे सहाराबाट आमा बन्नुको कारण खुलाएकी छन्।
‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरीसँग फोटोसुट गराउँदै ४० वर्षिया प्रियंकाले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्।
मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा लिएको बताएकी छिन्।
‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो आवश्यक थियो र म आभारी छु। म यस्तो स्थितिमा थिएँ यदि मलाई बच्चा चाहिन्छ भने सरोगेसी नै उचित थियो। मेरो सरोगेट दयालु र मायालु थिइन्। उनले ६ महिनासम्म हाम्रो छोरीको ख्याल राखिन्,’ उनले भनिन्।
उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका छन्।
सरोगेसीमार्फत छोरीलाई जन्म दिँदा उनले आलोचना खेप्नु परेको थियो।
प्रतिक्रिया दिनुहोस्