१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेशमा मन्त्रालयकाे संख्या घटाउने र खर्च कटौती गरिने: प्रधानमन्त्री दाहाल


299
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउने बताउनुभएकाे छ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार समेत कटौती गर्न प्रस्ताव गरिसकेको समेत उहाँले बताउनुभयाे । सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको उहाँकाे भनाइ छ।

सत्ता साझेदार दलको बैठक प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको उहाँले बताउनुभयाे । प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको उहाँले बताउनुभयाे।

प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षण समेत निस्किने बताउनुभयाे ।