
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ पनि गर्नु भएको छ ।
श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।
यसअघि २०७३ सालमा पनि दाहाल प्रधानमन्त्री भएका बेला श्रेष्ठ आयोगको उपाध्यक्ष बननु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्