
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त हुनुभएकाे छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले डीआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेकाे हाे ।
यसअघि डीआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता हुनुहुन्थ्याे। राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेल नयाँ प्रवक्ता बनेर आउनु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्