२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ


48.737k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुँडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुँडाललाई पक्राउ गरेको हाे ।

चुँडाललाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्राेतकाे भनाइ छ ।

चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार चुडालले लिएकाे घुस रकम गणना भइरहेकाे छ । केहीबेरमा विज्ञप्ति जारी गरी विस्तृत जानकारी दिने प्रवक्ता भण्डारीले बताउनु भयाे ।