
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुल्हमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले फुल्हमलाई १–० ले पराजित गरेको हो ।
फुल्हमको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटनह्यामलाई जित दिलाए । यो गोलसँगै केनले टोटनह्यामका लागि सर्वाधिक २६६ गोल गर्ने पूर्व खेलाडी जिम्मी ग्रेभ्सको किर्तीमान बराबरी गरेका छन् ।
जितसँगै टोटनह्यामको शिर्ष चारमा पर्ने सम्भावना पनि जिवित भएको छ । प्रिमियर लिगमा २१ खेलबाट ३६ अंक जोडेको टोटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । २० खेलबाट ३९/३९ अंक जोडेका म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड क्रमशः चौथो र तेस्रो स्थानमा रहेका छन् । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ भने ५० अंकसहित आर्सनल तालिकाको शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्